सुनको भाउ २०० रुपैयाँले घट्यो
सहयात्रा टिभी
काठमाडौँ । असार १३, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनमा आज प्रतितोला २०० रुपैयाँले घटेको छ ।
महासंघले आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
यता, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । महासंघले आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।