केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुणस्तरहीन भएको भन्दै स्थानीय बासिन्दाले रोके सडक ढलान

सहयात्रा टिभी

काठमाडौँ । असर १३, धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा मापदण्ड पालनै नगरी सडक ढलान गरेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्।

गाउँपालिका कार्यालय अगाडिको सडक ढलान गर्दा ग्राभेल नओच्छ्याई माटोमाथि नै ढलान गरेको र अत्यधिक माटो मिसिएको गिटी प्रयोग गरेको देखेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्।

सोमबार मापदण्ड अनुसार ढलान नगरेपछि विरोध गरेका स्थानीयले मंगलबार पनि त्यस्तै काम गरेपछि ठेकेदारको काममा रोक लगाएका हुन्। धनुषाधामको रामेश्वर निर्माण सेवाले गरेको काम कमसल भएको स्थानीय गणेश साहले बताए।

सडक डिभिजन कार्यालय जनकपुरको करिब एक करोड रुपैयाँ बजेटबाट यो सडक ढलान भइरहेको छ। सडक डिभिजन कार्यालय धनुषाका इन्जिनियर दुर्गा प्रसादका अनुसार ढलान गर्दा भुइँमा १५ सेन्टिमिटर ग्राभेल, त्यसमाथि १२ एमएमको छड ओछ्याएर गुणस्तरीय सफा गिट्टी, बालुवा र सिमेन्टको मसालाले २० सेन्टिमिटर बाक्लो ढलान गर्नुपर्नेछ।

ढलान सडकको चौडाइ साढे पाँच मिटरसम्मको हुनुपर्नेछ। तर निर्माणस्थलमा भने यो कुनै मापदण्डको पालना गरिएको छैन। स्थानीयले काम रोकेपछि सडक डिभिजनले तत्काल काम नगर्न ठेकेदारलाई निर्देशन दिएको छ।

निर्माण कम्पनीका सञ्चालक विश्वेश्वर ठाकुरले दुई दिन यता भइरहेको काम विषयमा उनले अनभिज्ञता जनाए। ‘मैले आज मात्र थाहा पाएँ। हुन लागेको कामलाई करेक्सन गरेर अगाडि बढाउँछु’ उनले भने।

 

प्रकाशित : 28 June, 2023

प्रतिक्रिया दिनुहोस्