बजेट पारित गर्न संसदमा मतदान जारी

काठमाडौँ । असर १३, आगामी आर्थिक वर्षको बजेट पारित गर्नका लागि संसदमा मतदान गर्न लागिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था हटाई हालकै व्यवस्था कायम रहेको प्रतिनिधिसभालाई जानकारी गराए पछि सभामुख देवराज घिमिरेले अर्थमन्त्रीको उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।
जसलाई प्रतिनिधिसभाको बहुमतले पारित गरेको छ । त्यस पछी बजेट पारित गर्नका लागि संसदमा मतदान गर्न लागिएको छ ।