विश्वासको मत माग्ने तयारीमा मुख्यमन्त्री कार्की सक्रिय

सहयात्रा टिभी

काठमाडौँ । असर १४, विश्वासको मत माग्ने तयारीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सक्रिय रहेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत माग्ने तयारी गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । बहुमतका लागि उनलाई एक मत पुग्दैन ।

त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय छन् । तर विपक्षी गठबन्धनका दलहरु पनि कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउन प्रयासरत छन् ।

कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२९सभामुख बाहेक०, एकीकृत समाजवादीका ४ र जसपाको एक जना सांसद छन् । सभामुख बाहेक दुवै पक्षसँग समान ४६–४६ सांसद छन् ।

बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउँछन् । सभामुख बाबुराम गौतम प्रतिपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि अन्य दलका सांसदलाई फकाइरहेका छन् ।

 

 

 

प्रकाशित : 29 June, 2023

प्रतिक्रिया दिनुहोस्