सामुदायिक विद्यालयको सरह निजीमा पनि तलब व्यवस्था गर्न निर्देशन

सहयात्रा टिभी

काठमाडौँ । असर १४, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर भित्रका निजी विद्यालयलाई सामुदायिक विद्यालय सरह तलबको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

सरकारले तोके अनुसारको तलब सुविधा प्राप्त नभए काठमाण्डौ महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न उहाँले निजी विद्यालयका शिक्षकलाई अनुरोध गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत् उहाँले महानगरका संस्थागत (निजी) विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको बताउनुभएको छ ।

‘शिक्षा ऐन, २०२८ को दफा १२ ९७० ९छ० मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ ।

यस्तै, काठमाण्डौ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।

यसअनुसार काठमाण्डौ महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन मेयर शाहको निर्देशन छ ।

तोकिएको तलब सुविधा प्राप्त नभएमा महानगरको शिक्षा विभागमा सम्पर्क गर्न उहाँको अनुरोध छ ।

 

 

प्रकाशित : 29 June, 2023

प्रतिक्रिया दिनुहोस्