अदालतको कार्यकक्षमै सुब्बामाथि मुक्का प्रहार गर्ने वकिल पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । असर १४, अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा बुधबार ४ः३० बजेको समयमा अधिवक्ता लामिछानेले तामाङमाथि हातपात गरेका थिए ।

मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि महिला कर्मचारी तामाङले मिसिल बाहिर लान मिल्दैन भन्दा उनीमाथि हातपात भएको हो ।

कानुन व्यवसायी लामिछानेको मुक्का प्रहारबाट ललितपुर जिल्ला अदालतका नायब सुब्बा प्रेमिका तामाङको दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट पुगेको छ । त्यसैगरी लामिछानेले महिला कर्मचारीलाई लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ ।

महिला कर्मचारीमाथि अदालत परिसरभित्रै हातपात भएपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । कुटपीटलगत्तै पीडित कर्मचारी प्रेमिका तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुन व्यवसायीविरुद्ध जाहेरी दिएकी छिन् ।

अधिवक्ता लामिछानेले मुक्का प्रहार गर्दा तामाङको मुख र पाखुरामा घाउचोट लागेको तथा सर्ट च्यातिएको हुँदा मेडिकल जाँच समेत गराई निजलाई पक्राउ गरी कारबाही अगाडि बढाउन माग गरिएको छ ।

मुक्का प्रहार लगत्तै अदालत परिसरबाट भाग्न लागेका लामिछानेलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ । ललितपुर प्रहरीका अनुसार आरोपी लामिछाने प्रहरी नियन्त्रणमा छन् ।

 

प्रकाशित : 29 June, 2023

प्रतिक्रिया दिनुहोस्