ललिता निवास प्रकरणका तिन आरोपितहरुले ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता

सहयात्रा टिभी

काठमाडौँ । असर १४,  ललिता निवास  प्रकरणका तीन आरोपित गैरकानूनी थुनामा राखिएको दाबीसहित  सर्वोच्चमा ललिता निवास  प्रकरणका तीन आरोपित गैरकानूनी थुनामा राखिएको दाबीसहित  सर्वोच्चमा काठमाडौँ ।

असर १४, ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालत पुगेका छन् । आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित धर्मप्रसाद गौतम, मिनबहादुर गुरुङ र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् ।

राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानूनी रुपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानूनी उपचारका लागि ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरिन्छ । उनीहरु तीनै जनाले आफूहरुलाई विनाशर्त रिहा हुनुपर्ने माग राखेका छन् ।

हदम्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरुको जिकिर छ । उनीहरु तीनैजनाको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

 

 

प्रकाशित : 29 June, 2023

प्रतिक्रिया दिनुहोस्