स्थानीय तहमध्येका १४० पालिकामा कर्मचारी अभाव

काठमाडौँ । असर १४, जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएको छ ।
मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय ४० वटामा अहिले प्रमुख प्रशासकीय अधिकृत छैनन् । प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले बजेट समेत ल्याउन सकेका छैनन् ।
बजेट निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका रहने प्रमुख प्रशासकीय अधिकृतसहितका जनशक्ति नै पर्याप्त नभएको भन्दै स्थानीय तहहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त गाउँपालिका महासंघ र नगरपालिका संघमा गुनासो गरेका छन् ।