केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी मेन्स यु–१६ : मलेसियाविरुद्ध नेपाल ब्याटिङमा

सहयात्रा टिभी

काठमाडौँ । असार १५, एसीसी मेन्स यु–१६ इस्टर्न रिजन कप–२०२३ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अहिले नेपालले मलेसियासँग खेलिरहेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपाल घरेलु टोलीलाई पनि पराजित गर्ने उद्देश्यसहित मैदानमा उत्रिएको छ ।

नेपाल मलेसियामाथि सहज जितका साथ समूह विजेता बन्न चाहन्छ । आजको यी दुई टोलीबीचको खेलले समूह विजेता निर्धारण गर्नेछ ।

प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ । समूह ए मा नेपाल, थाइल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।

प्रकाशित : 30 June, 2023

प्रतिक्रिया दिनुहोस्