फ्रान्समा किशोरलाई गोली हानेका प्रहरीले परिवारसँग मागे माफी

सहयात्रा टिभी

काठमाडौँ । असार १५, फ्रान्समा एक किशोरलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेर हत्या गरेका प्रहरीले परिवारसँग माफी मागेका छन् ।

हत्याको आरोपमा हिरासतमा रहेका प्रहरी अधिकारीले मृतक किशोरको परिवारसँग माफी मागेका बीबीसीले जनाएको छ । गएको मङ्गलवार घटनाभएपछि फ्रान्समा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा ४ सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् ।

प्रदर्शनले उग्र रुप लिएपछि पेरिस उपनगरमा गएरातिदेखि लागू हुने गरी सोमवार बिहानसम्मका लागि कर्फ्यु लगाइएको छ । मङ्गलवार बिहान पहेँलो मर्सिडिज कार चलाउँदा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै १७ वर्षीय किशोरलाई प्रहरीले हत्या गरेको आरोप छ ।

राष्ट्रपति इम्यानुयल म्याक्रोले गोली प्रहारको घटना अक्षम्य भएको बताउनुभएको छ । फ्रान्समा गएको वर्ष ट्राफिक नियम नमान्दा प्रहरीले चलाएको गोली लागेर १३ जनाको ज्यान गएको थियो ।

 

प्रकाशित : 30 June, 2023

प्रतिक्रिया दिनुहोस्