नेकपा एमाले अब सातै प्रदेश र संघमा प्रतिपक्षी दल बन्न पुग्यो

सहयात्रा टिभी

काठमाडौं । असार १५, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएसँगै नेकपा एमाले सातै प्रदेश र संघमा प्रतिपक्षी दल बन्न पुगेको छ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएपछि एमाले नेता कार्कीले शुक्रबार विश्वासको मत लिएका थिए । तर कार्कीले विश्वासको मत नपाएसँगै एमाले सातै प्रदेश सरकारबाट अलग भएको छ।

कार्कीले सरकार जोगाउन एक सिट कम पाए ।  तर  १० पुसमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा सहित सात दलको गठबन्धन बनाएर एमाले सत्तामा गएको थियो।

अब एमाले १० पुसको सहमति अनुसार, आफ्नो भागमा परेको संघ र प्रदेश व्यवस्थापिकाको नेतृत्वमा मात्रै छ । प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे छन् ।

 

प्रकाशित : 30 June, 2023

प्रतिक्रिया दिनुहोस्