केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘सर्पकाण्ड’मा संलग्नता रहेको पुष्टि गरे अहिले नै हत्कडी लाउन तयार छु: खनाल

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् ।

 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सर्प फार्म बनाउने योजनामा आफ्नो संलग्नता पुष्टि गरे अहिले नै हत्कडी लाउन तयार रहेको बताएका छन् ।

‘म के भन्न चाहन्छु भने यदि त्यो केसमा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै पनि मबाट दुरुपयोग भएको छ भने अहिले नै हत्कडी लाउन तयार छु’ उनले भने ।

नेकपा एकीकृत समाजवादीका नेता खनालले सर्पपालनको योजनालाई लिएर आफूमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे । ‘अख्तियार र अरु तमाम संस्थालाई भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्’ उनले भने ।

 

प्रकाशित : 1 June, 2023

प्रतिक्रिया दिनुहोस्