केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले सचिवालयको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । जेठ १९, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे ११ बजे सुरु हुने गरी बोलाइएको हो। आजको बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यबिभाजनका गरिने छ।

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यबिभाजन गर्न लागिएको हो। एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन्।

प्रकाशित : 2 June, 2023

प्रतिक्रिया दिनुहोस्