केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ दिल्लीमा नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्ड

सहयात्रा टिभी

काठमाडौँ । जेठ १९, शुक्रबार बिहान नयाँ दिल्लीमा नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्नेबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खुशी देखिन्थे जबकि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा मंगलबार साँझ प्रचण्ड अलि दबाबमा देखिन्थे ।

प्रधानमन्त्री प्रचण्डले मोदीसँग भएको धेरै कुरा नेपालमै गएर सुनाउने बताए । ‘फेरि खुलेर कुरा गरियो । अब यहाँ अहिले चाहिँ नभनौं ।

बरु उता गएर तपाईंहरूसँग पछि कुरा गरौंला’ उनले भने, ‘तीनचोटी मेरो वान टु वान भयो उहाँसँग हिजो । छोटो पिरियडमा, पहिले झण्डै २०–२५ मिनेट, पछि पाँच–सात मिनेट गरेर वान टु वान मिटिङ जसरी भयो । त्यसले परिस्थितिलाई धेरै नै सहज बनाइदियो ।’

जे होस् राम्रो भयो । कूल मिलाएर राम्रो भयो । चौथो पटक प्रधानमन्त्रीको रूपमा आएको हुँ म । गएका तीनवटा भिजिट, यद्यपि दोस्रो भिजिट स्टेट भिजिट थियो ।

राष्ट्रपति भवनमै बसेको थिएँ म । तर त्यतिबेला पनि अहिले जति मिडिया कभर छ इण्डियाका मेजर मिडिया टाइम्स अफ इण्डिया, हिन्दुस्तान टाइम्सदेखि सबैले जुन महत्वका साथ कभर गरेका छन्, त्यस्तो कहिल्यै हुँदैनथ्यो । कुनै प्रधानमन्त्रीको सन्दर्भमा हुँदैनथ्यो । यिनीहरूले अहिले अलि बढी नै महत्व दिएको प्रष्टै देखियो ।

अब आउटकम के भयो भन्दा हामीले हेर्दा पहिलेदेखि सबभन्दा बढी जोड दिएको भनेको बिजुलीको व्यापार । लङटर्म पावर ट्रेड हुन्छ कि हुँदैन भन्ने थियो ।

नेपालको साँच्चै भन्ने हो भने आर्थिक क्षेत्रमा समृद्धिको एउटा दिशामा जाने भनेको हामीसँग भएको जे पोटेन्सियल छ, त्यसको सही मार्केटिङ गर्न सक्दाखेरि नै हुने कुरा हो । त्यो भनेको वास्तवमा पावर ट्रेड नै हो । समस्या पनि त्यहीँ थियो । अहिले ब्रेक थ्रु भयो भनेको त्यसमा नै हो ।

फेरि खुलेर कुरा गरियो । अब यहाँ अहिले चाहिँ नभनौं । बरु उता गएर तपाईंहरूसँग पछि कुरा गरौंला । तीनचोटी मेरो वान टु वान भयो उहाँसँग हिजो ।

 

प्रकाशित : 2 June, 2023

प्रतिक्रिया दिनुहोस्