केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत

सहयात्रा टिभी

काठमाडौँ । जेठ १९, भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् । ४ दिने भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री दाहाल शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका हुन् ।

मुख्यमन्त्री चौहानले प्रधानमन्त्रीलाई स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘मध्य प्रदेशको पवित्र भूमीमा पाल्नु भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ लाई हृदयदेखि नै अभिनन्दन । आज इन्दौर विमानस्थलमा नेपालका प्रधानमन्त्रीलाई पुष्पगुच्छा दिई आत्मीय स्वागत गरेँ ।’

प्रधानमन्त्री दाहालले इन्दौरमा फोहोर व्यवस्थापनबारे अवलोकन गर्नेछन् । त्यसपछि उनी आजै मध्य प्रदेशको अर्को सहर उज्जैन पुग्नेछन् । उज्जैनमा प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरको दर्शन गर्नेछन् । साथै त्यहाँ उनले १०८ किलो रुद्राक्ष चढाउने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए । बिहीबार नै उनले भारतीय उपराष्ट्रपति जयदीप धनखड र राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित : 2 June, 2023

प्रतिक्रिया दिनुहोस्