केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रजातन्त्रवादी प्राध्यापक संघलाई फुटबाट जोगाउन पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगन

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघलाई फुटबाट जोगाउन पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगन गरिएको जनाएको छ ।

 

शुक्रबार र शनिबारका लागि बोलाइएको महाधिवेशनको विरुद्धमा संस्थापनइतर पक्षले समानान्तर महाधिवेशन बोलाएको थियो । प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना पक्षले बोलाएको महाधिवेशनको विरुद्धमा महासचिव राजेन्द्र गौतम पक्षले महाधिवेशन बोलाएको थियो ।

संस्थापन पक्षले प्रज्ञा भवनमा महाधिवेशन बोलाएको थियो भने अर्को पक्षले कीर्तिपुरमा महाधिवेशन बोलाएको थियो । संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर महाधिवेशन गर्न लागेको थियो । प्राध्यापक संघका पूर्व अध्यक्ष वासु घिमिरेको अगुवाइमा हुन लागेको संस्थापनइतरको महाधिवेशनमा भने प्रमुख अतिथिमा महामन्त्री गगन थापालाई डाकिएको थियो ।

विवादका कारणले प्राध्यापक संघ टुक्रिने अवस्थामा पुगेपछि अध्यक्ष तिमिल्सिनाले विज्ञप्ति निकालेर महाधिवेशन स्थगित गरेका थिए । तिमिल्सिनाले विज्ञप्ति निकालेर महाधिवेशन रोकेलगत्तै अर्को पक्षले पनि रोकेको छ ।

संस्थापन पक्षले गर्न लागेको महाधिवेशन प्रतिनिधि फर्जी भएको संस्थापनइतरले आरोप लगाएको छ । अर्को स्थानमा समेत अधिवेशन गर्न लागिएको तथा पार्टी नेतृत्वले स्थगित गर्न निर्देशन दिएकाले महाधिवेशन रोकिएको तिमिल्सिनाले बताएका छन् ।

संस्थापन पक्षले गर्न लागेको महाधिवेशन स्थगित गरे लगत्तै बिहीबार नै विज्ञप्ति निकालेर अर्को पक्षले पनि महाधिवेशन रोकेको थियो ।

 

प्रकाशित : 2 June, 2023

प्रतिक्रिया दिनुहोस्