केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘राष्ट्रपतिले संवैधानिक प्रावधानहरुको आफूखुसी प्रयोग प्रयोग गर्नुभयो’ भन्दै अदालतमा रिट

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, करिब साढे ८ महिनादेखि शीतलनिवासमा अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक प्रावधानहरुको गलत रुपमा उद्धृत गरेको भन्दै त्यसलाई चुनौती दिंदै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।

वरिष्ठ अधिवक्ताहरु बालकृष्ण नेउपाने र डा सुरेन्द्र भण्डारीले विधेयक प्रमाणीकरण गर्ने क्रममा राष्ट्रपति पौडेलले संवैधानिक प्रावधानहरुको आफूखुसी प्रयोग गरेकाले प्रमाणीकरण गरेको कानुन तत्कालका लागि प्रयोगमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएको र आइतबार प्रारम्भिक सुनुवाइ हुने रिट निवेदनमा राष्ट्रपतिले उद्धृत गरेका यिनै संवैधानिक प्रावधानहरुमाथि प्रमुख प्रश्न उठाइएको छ।

प्रकाशित : 2 June, 2023

प्रतिक्रिया दिनुहोस्