महिला टी२०- शृखंला जित्न मलेसियाविरुद्ध नेपालले ११० रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, मलेसियाविरुद्धको महिला टी- २० शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको जानकारी प्राप्त भएको छ ।

शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम-वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको हो ।

यसअघिको चार खेलमा नेपाल र मलेसियाले २(२ खेल जितेकोले आजको खेल जित्ने टिमले शृखंला जित्नेछ ।मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् ।

पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् । त्यही ओभरमा कप्तान मास एलिसालाई कविता जोशीले एलबीडब्लु आउट गरिन् ।

अन्तिम ओभरमा मलेसियाका दुई खेलाडी रनआउट भए । नेपालको लागि कविता जोशीले ४ ओभरमा १२ रन मात्र खर्चिएर २ विकेट लिइन्  । ईश्वरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

प्रकाशित : 4 June, 2023

प्रतिक्रिया दिनुहोस्