केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन भएको छ ।

माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको हो । माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका हुन् ।

भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ लाख भारु तोकेको थियो । पार्टीमा दोस्रो बरियतामा रहेका उनलाई भारतीय कम्युनिस्ट पार्टी माओवादीभित्र आन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन, रमेश, महेश र एएन नामबाट पनि चिनिन्थ्यो ।

तलंगानाको आदिवाबाद घर भएका उनी ६६ वर्षका थिए । उनी भारतका विभिन्न ठाउँमा भएका माओवादी आक्रमणमा संलग्न भएको आरोप छ ।

 

 

प्रकाशित : 4 June, 2023

प्रतिक्रिया दिनुहोस्