थुनछेक बहसका लागि रायमाझी र खाँणसहित १८ जना जिल्ला अदालतमा

काठमाडौं । जेठ २१, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जानकारी प्राप्त भएको छ ।
यो प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो ।
नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएका आरोपमा पक्राउ परेकाहरुसँगको बयान शुक्रबार सकिएको थियो ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएपछि उनीहरुलाई पुर्पक्षमा पठाउने कि नपठाउने भन्नेबारे निर्णय हुनेछ ।