कोशी प्रदेशमा सरकार परिवर्तन गर्दा चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने राप्रपाको शर्त

काठमाडौं । जेठ २२, कोशी प्रदेशमा सरकार परिवर्तन गर्दा चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने राप्रपाको शर्त अघि सारेको छ ।
कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले सरकार परिवर्तन गर्दा चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने शर्त अघि सारेको हो ।
दलका नेताहरुसँग छलफलका क्रममा राप्रपा दलका नेता भक्तीप्रसाद सिटौलाले चार वर्षसम्म मुख्यमन्त्री पाउनुपर्ने बताएका हुन्। उनले चार वर्षसम्म मुख्यमन्त्री पाउने लिखित सहमति भए मात्रै सरकार परिवर्तनमा साथ दिने बताए।