फ्रेञ्च स्ट्राइकर करिमले छाडे स्पेनिस क्लब रियल मड्रिड
सहयात्रा टिभी
काठमाडौं । जेठ २२, फ्रेञ्च स्ट्राइकर करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका जानकारी प्राप्त भएको छ ।
रियल मड्रिडले एक विज्ञप्ति निकालेर दुवै पक्षले आपसी सहमतिमा १४ वर्ष लामो सहकार्य तोड्ने निर्णय गरेको जनाएको छ । २१ वर्षको उमेरमा सन् २००९ मा रियल आएका उनले सिजनसकिए लगत्तै फ्री ट्रान्सफरमा क्लब छाड्ने छन् ।
स्पेन छाडेर उनी साउदी अरब जान लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ । उनले साउदी क्लब अल इत्तेहादबाट कीर्तिमानी रकमको प्रस्ताव पाएका छन् ।
एउटा साउदी टेलिभिजनले त उनले अल इत्तेहादसँग बेन्जिमाले २ वर्षको सम्झौता गरिसकेको दाबी गरेको छ ।