केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय सभाको बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित गरिदिएका छन् ।

अध्यक्ष तिमिल्सनाले विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर जानकारी दिए ।

राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो ।

प्रकाशित : 6 June, 2023

प्रतिक्रिया दिनुहोस्