केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । जेठ २३, प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ । यससँगै सूचक १९०२.७५ विन्दुमा आएको छ ।

प्रि-ओपन सेसनमा आज ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको ९८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

लामो समयदेखि सेयर बजार सकारात्मक बन्न सकेको छैन। बैंकको ब्याजदर बढ्नु, अस्थिर सरकार र आर्थिक संकटलगायतका कारण सेयर बजारमा उत्साह छाउन सकेको छैन।

प्रकाशित : 6 June, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्