कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने कांग्रेसको माग

सहयात्रा टिभी

काठमाडौँ । जेठ २४, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री कार्कीले भने संसद अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेका छन् । अध्यादेश मार्फत बजेट ल्याए प्रदेशमा झन् अस्थिरता थपिने कांग्रेसको दाबी छ ।

 

प्रकाशित : 7 June, 2023

प्रतिक्रिया दिनुहोस्