भारतीय प्रधानमन्त्री मोदीलाई राजकीय भ्रमणमा अमेरिकाको निम्तो

सहयात्रा टिभी

काठमाडौँ । जेठ २४, एजेन्सी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री मोदीले असारको पहिलो हप्ता गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको समाचार संस्था एएनआईले जनाएको छ ।

उहाँलाई सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण गर्नुभएको हो ।

प्रधानमन्त्री मोदीले पनि अमेरिकी सदनको निमन्त्रणा स्वीकार गर्दै संयुक्त बैठकमा सम्बोधन गर्ने घोषणा गर्नुभएको छ । अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई दुई पटक सम्बोधन गर्ने प्रधानमन्त्री मोदी एकमात्र भारतीय नेता हुनुहुनेछ ।

यो विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई अमेरिकाले दिने सर्वोच्च सम्मानमध्ये एक हो ।

 

प्रकाशित : 7 June, 2023

प्रतिक्रिया दिनुहोस्