चीन र साउदीसँगको विग्रदो कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, एजेन्सी -अमेरिकाले चार विषयलाई आफ्नो कूटनीतिको मुख्य आधार मान्छ– सुरक्षा, समृद्धि, लोकतन्त्र र विकास । चीन र साउदी अरब दुवै लोकतन्त्र मान्दैनन् । त्यहाँ विकासको कुनै कमी पनि छैन ।

चीन र साउदी अरब दुवै मुलुकसँग अमेरिकाको सम्बन्ध बिग्रिएको थियो । विग्रदो कूटनीतिक सम्बन्धका कारण चार आधारमध्ये दुई आधारमा चुनौती थपिएपछि वासिङ्टन सम्बन्ध सुधारमा लागेको छ ।

चीनबाट अमेरिकालाई सुरक्षा चुनौती छ । साउदी अरबबाट सस्तो तेल आपूर्ति गरेर भण्डारण गर्दै महँगोमा बेचेर समृद्धिमा थप टेवा पु¥याउने अमेरिकी स्वार्थ छ ।

गत साता चीनका रक्षामन्त्री ली साङफुले चीन र अमेरिकाबीच द्वन्द्व भएमा विश्वमा असह्य विपत्ति पैदा हुने चेतावनी दिएका थिए । यो विपत्ति टार्नका लागि बेइजिङ वासिङ्टनसँग संवादका लागि तयार रहेको बताएका थिए ।

त्यसको केही दिनअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले विषम परिस्थिति आउन लागेको भन्दै सामनाका लागि तयार हुन आफ्ना सेनालाई निर्देशन दिएका थिए ।

चीनले इरान र अरबलाई मिलाएपछि इजरायल र अरबको सम्बन्धमा पनि सुधार ल्याउन सक्रिय हुने बताएसँगै अमेरिकाले अरबमा कूटनीतिक सक्रियता देखाएको जानकारहरूको मत छ ।

प्रकाशित : 8 June, 2023

प्रतिक्रिया दिनुहोस्