केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको भाउ

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुन बुधबार प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 8 June, 2023

प्रतिक्रिया दिनुहोस्