फ्रान्समा १ जना वयस्कसहित ६ जना बालबालिकामाथि चक्कु प्रहार

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, फ्रान्समा ३ वर्षमुनिका ५ जना बालबालिकामाथि चक्कु प्रहार भएको छ ।

फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा १ जना वयस्कसहित ६ जना बालबालिकामाथि चक्कु प्रहार भएको हो ।

आज बिहीवार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका १ व्यक्तिले १ जना वयस्क र ३ वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएका एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ र उनी फ्रान्समा शरण चाहने सिरियाली नागरिक भएको बताइएको छ । घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

आक्रमणको खबर सार्वजनिक भएपछि राष्ट्रिय संसदमा सदस्यहरू एक मिनेट मौन भएका थिए । राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

 

प्रकाशित : 8 June, 2023

प्रतिक्रिया दिनुहोस्