न्याय सेवा आयोगले माग्यो २९ जिल्ला न्यायाधीश पदका लागि दरखास्त

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश पदको लागि दरखास्त आह्वान गरेको छ।

आयोगले आज एक सूचना प्रकाशित गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा सवमावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी/जनजाती २ जना, मधेशी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हन गरेको छ ।

विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। भाद्र १६ देखी २० सम्म परिक्षा हुने पनि जारी सुचनामा उल्लेख छ।

दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।

प्रकाशित : 9 June, 2023

प्रतिक्रिया दिनुहोस्