भारतीय सीमा बजारबाट १०० रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने
सहयात्रा टिभी
काठमाडौं । जेठ २६, सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ ।
परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने छ ।
यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ ।
१५ जेठमा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधाअन्तरगत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ ।