बलिउड अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट विश्रामको घोषणा
काठमाडौं । जेठ २६, बलिउड अभिनेत्री काजोलले फ्यानलाई आश्चर्यमा पार्दै शुक्रबारदेखि सामाजिक सञ्जालबाट विश्राम लिएको घोषणा गरेकी छन् ।
‘मेरो जीवनको सबैभन्दा कठिन परीक्षाको सामना गर्दै’ लेखेर फेसबुक र इन्स्टाग्राममा पोस्ट गर्दै उनले विश्राम लिएको उल्लेख गरेकी छन् ।
यद्यपि, उनले खास कारण उल्लेख गरेकी छैनन् तर आगामी वेब शो ‘द ट्रायल स् प्यार, कानुन, ढोक’को प्रवद्र्धनका लागि उनले प्रमोसनल स्टन्ट गरेको हुन सक्ने अनुमान नेटिजन्सले गरेका छन् ।
निर्देशक पी मल्होत्राको टिप्पणी हेर्दा यो अनुमान गर्न सकिन्छ । मल्होत्राले पोस्टमा गुड वाइफको ट्रेलर कहिले रिलिज हुन्छ भन्दै कमेन्ट गरेका छन् ।
केही फ्यानले काजोलको यो पोस्टलाई लिएर चासो व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘माफ गर्नुहोस् काजोल म्याडम । तपाईं अहिले यस्तो अवस्थाबाट गुज्रिरहनुभएको छ कि समस्याहरू कहिल्यै टिक्दैनन् र आफ्नो बलियो ऊर्जावान् आत्मामा फर्कनुहोस् ।
तपाईंलाई सबैको माया पठाउँदै छु ।’ काजोल सामाजिक सञ्जालकी सक्रिय प्रयोगकर्ता हुन् । उनले पारिवारिक तस्वीर र भिडियो सेयर गरिरहेकी हुन्छिन् । इन्स्टाग्राममा उनका १४.४ मिलियन फलोअर्स छन् ।