केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसियन कप छनोटमा आज नेपालले चाइनिज ताइपेसँग खेल्ने

सहयात्रा टिभी

काठमाडौँ । जेठ २७, एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले चाइनिज ताइपेको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे म्यानमारको याङ्गोनस्थित थुवन्ना रंगशालामा हुनेछ ।

यसअघिका दुवै खेलमा पराजय भोगेको नेपाल आज पहिलो तथा सान्त्वना जित निकाल्न चाहन्छ । समूह बी मा रहेको नेपाल पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा चीनसँग समान ५–० गोलले पराजित भएको थियो । यसअघि एकमा हार र एकमा बराबरी खेलेको ताइपे पनि पहिलो जितको खोजीमा छ ।

प्रकाशित : 10 June, 2023

प्रतिक्रिया दिनुहोस्