केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ए डिभिजन लिग आज सकिँदै, अन्तिम दिन तीन खेल हुँदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ २७, यस सिजनको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदैछ । सिजनको अन्तिम दिन आज तीन खेल हुँदैछन् ।

आज मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी, संकटा क्लब र न्युरोड टिम (एनआरटी) तथा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मछिन्द्र र मनाङबीचको खेल दिउँसो २ बजे दशरथ रंगशालमा हुनेछ । जारी लिगमा उपविजेताको रुपमा रहेको मछिन्द्र सिजनको सुखद अन्त्य गर्न चाहन्छ । मछिन्द्र २५ खेलबाट ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने ३२ अंक भएको मनाङ आठौँ स्थानमा छ ।

यस्तै, संकटा र एनआरटीले दिउँसो २ बजे च्यासल मैदानमा खेल्नेछन् । सिजनको अन्तिम खेलमा दुवै टोली जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छन् । अहिलेसम्म संकटा ३१ अंकका साथ नवौँ स्थानमा छ भने ३३ अंक भएको एनआरटी सातौँ स्थानमा छ ।

यसैगरी, जावलाखेल र थ्री स्टार क्लबको खेल अपराह्न साढे पाँच बजे दशरथ रंगशालामा हुनेछ । २५ खेलको समाप्तिसम्म जावलाखेल ३७ अंक जोडेर चौथो स्थानमा छ भने २९ अंक भएको थ्री स्टार १३औँ स्थानमा छ ।

प्रकाशित : 10 June, 2023

प्रतिक्रिया दिनुहोस्