मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित भएकी छन् । काठमाडौंमा शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद रू. चार लाख पुरस्कारसमेत प्राप्त गरिन् ।

कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित भएकी हुन् ।

विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको प्रतिक्रिया दिइन्। ‘पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ ।’ उनले भनिन् ।

यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बने । उनीहरुले क्रमशः रू. दुई लाख र एक लाखसमेत प्राप्त गरे । कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : 11 June, 2023

प्रतिक्रिया दिनुहोस्