कजाकिस्तानमा जङ्गली डढेलोमा परेर तीन जनाको गयो, ११ जना बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको ज्यान गएको जनाएको छ ।

११ जना बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आगो निभाउने, खोजी र उद्धार कार्यमा ८ सय जनभन्दा धेरै मानिस सहभागी भएका खबरमा उल्लेख छ ।  डढेलोको उच्च जोखिममा रहेका ७ सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको छ । उच्च तापक्रम, डढेलोको क्षेत्र विशाल बन्दै जानु र हावाहुरीका कारण आगो निभाउन निकै समस्या भएको छ ।

गएराति मुख्य क्षेत्रको डढेलो निभाएसँगै बिस्तारै सबै क्षेत्रको डढेलो निभाउन सहज हुने अधिकारीहरुले जनाएका छन् । जङ्गलमा दुई वटा ठूला चट्याङ परेपछि डढेलो सुरु भएको थियो ।

 

प्रकाशित : 11 June, 2023

प्रतिक्रिया दिनुहोस्