केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रेवल उपाधि जित्ने इतिहासकै एकमात्र प्रशिक्षक पेप ग्वार्डिओला

सहयात्रा टिभी

काठमाडौं । जेठ २८,शनिबार राति इन्टर मिलानलाई हराएर म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि प्रशिक्षक पेप ग्वार्डिओला सिजनको ट्रेवल (तीन ठूला प्रतियोगिता) उपाधि दुईपल्ट जित्ने इतिहासकै एकमात्र प्रशिक्षक बनेका छन् ।

ग्वार्डिओलाले सन् २००९ मा बार्सिलोनाका लागि प्रतिष्ठित लिग उपाधि, घरेलु कप र युरोपकै ठूलो उपाधि जितेका थिए । ग्वार्डिओला र उनका खेलाडीहरु यो उपलब्धी हासिल गर्ने दशौं टिम बनेका छन् ।

उनी अबका दिनमा एक महान फुटबल प्रशिक्षकका रुपमा कहलिनेछन् । अहिलेसम्म १७ वटा मुख्य प्रतियोगिताको उपाधिले मात्र होइन ग्वार्डिओलाले फुटबललाई नै परिवर्तन गराएका छन् ।

 

प्रकाशित : 11 June, 2023

प्रतिक्रिया दिनुहोस्