तेरिया मगरको भारतीय सिरियल ‘स्वराज’को टिजर सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । जेठ २८, नेपाली डान्सर तेरिया फौजामगरले भारतीय टेलिभिजन सिरियल ‘स्वराज’मा अभिनय गरेकी छन् ।
उनले यसमा रानी गैदेल्लु नामक नागाल्याण्डकी एक किशोरीको भूमिकामा अभिनय गरेकी छन् । इन्स्टाग्राममा उनले यो सिरियलको टिजर सार्वजनिक गरेकी छन् ।
‘यस्तो वीर चरित्र रानी गैदेनलुको भूमिका गर्नु उल्लेखनीय क्षण रह्यो । धेरै कुरा सिक्नुपर्यो । यसको छायांकन गर्दा पनि लामो समय बित्यो,’ टिजर सार्वजनिक गर्दै उनले लेखेकी छन् ।
नेपाली फिल्ममा अभिनय गर्न अस्वीकार गरेकी तेरियाले भारतीय टिभी सिरियल खेलेको कुरा सार्वजनिक गरेकी हुन् । टिजरमा उनलाई उल्लेख्य भूमिका दिइएको छ । जहाँ उनलाई रानी गैदेल्लुको भूमिकामा देख्न सकिन्छ ।