केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली फिलिपिन्स प्रस्थान

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, १४औँ संस्करणको साफ च्याम्पियन अघिको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिलिपिन्स प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो नै नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको थियो ।

साफ च्याम्पियनसिपको तयारी स्वरूप नेपालले फिलिपिन्ससँग उसकै मैदानमा बिहीबार मैत्रीपूर्ण खेल खेल्ने छ । सो खेल सकिएपछि शुक्रबार टोली त्यतैबाट भारत प्रस्थान गर्नेछ ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारको बेंगलुरुमा हुँदैछ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । यस्तै, समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच नेपाली समयअनुसार असार ६ गते अपराह्न पौने ४ बजे प्रतिस्पर्धा सुरु हुनेछ । त्यसपछि नेपालले असार ९ गते भारत र असार १२ गते पाकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

प्रकाशित : 12 June, 2023

प्रतिक्रिया दिनुहोस्