केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेलाई

सहयात्रा टिभी

एजेन्सि । जेठ २९, छिमेकी अर्जेन्टिनामा भएको फिफा यू-२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । उरुग्वेले सोमबार बिहान भएको फाइनलमा इटलीलाई १-० ले पराजित गर्दै पहिलो पटक यू-२० विश्वकप जितेको हो ।

उरुग्वेका लागि लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।त्यही गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो ।

यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो । अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू-२० विश्वकप जितेका छन् ।

प्रकाशित : 12 June, 2023

प्रतिक्रिया दिनुहोस्