केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टेनिस खेलाडी जोकोभिचले जिते २३औं ग्राण्डस्लाम उपाधि

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २३औं ग्राण्ड्सलामा उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर रोला ग्यारोमा तेस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाएका हुन् ।

जोकोभिचले रुडलाई ७/६, ७/१, ६/३ , ७/५ ले हराए । जोकोभिचले सर्वाधि २२ उपाधि जित्ने स्पानिस राफेल नाडललाई पछि पार्दै कीर्तिमान बनाएका हुन् ।

जोकोभिच चारवटै ग्राण्डसलाम कम्तीमा तीन पटक जित्ने पहिलो खेलाडीसमेत बनेका छन् । उनले अष्ट्रेलियन ओपन १० पटक, विम्बलडन ओपन ७ पटक तथा फ्रेन्च ओपन र यूएस ओपन समान तीन पटक जितेका छन् ।

३६ वर्षीय जोकोभिचले यस वर्षको पहिलो ग्राण्डसलाम अष्ट्रेलियन ओपनको उपाधि समेत जितिसकेका छन् ।

 

प्रकाशित : 12 June, 2023

प्रतिक्रिया दिनुहोस्