सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घट्यो

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेको थियो ।

तेजाबी सुनको मूल्य पनि एक सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 12 June, 2023

प्रतिक्रिया दिनुहोस्