केपी ओली प्रचण्ड माधव नेपाल एमाले


करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको अर्थमन्त्रीको स्पष्टीकरण

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको स्पष्टीकरण दिएका छन् । सोमबार बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित छ’ उनले भने । नेपालमा भ्याट संकुचन हुँदै गएको स्मरण गर्दै उनले भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको बताए ।

उपभोग्य वस्तुमा कर लगाएको सन्दर्भमा यो आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताए ।

एकातर्फ आलु र तरकारीमा यति अर्बको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गरिएको उनको गुनासो छ । उत्पादनलाई प्रोत्साहन गर्नु एक यन्त्र कर भएको भन्दै  यसले नेपालका उद्योग व्यवसाय विस्तार गर्न मद्दत गर्ने उनले बताए ।

 

प्रकाशित : 12 June, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्