नेप्सेमा एकल अंकको सामान्य वृद्धि
सहयात्रा टिभी
काठमाडौं । जेठ २९, सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ७.७९ अंकले वृद्धि हुँदा १९८७.८७ बिन्दुमा बन्द भएको छ । गत साताको मंगलबारदेखि पछिल्लो पाँच कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से ८५.८८ अंकको वृद्धि भएको छ ।
अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमूलक लगायतका उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।
सोमबार बैंकिङ उपसूचक ०.२५ प्रतिशतले वृद्धि भएको छ भने उत्पादनमूलक उपसूचक २.०५ प्रतिशतले बढेको छ । यता वित्त कम्पनी उपसूचक ०.९६ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक ०।५० प्रतिशतले गिरावट छ ।