बोर्डले गर्यो परस्त्रीको हिन्दी डबलाई प्रदर्शन अनुमति दिने निर्णय

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, चलचित्र विकास बोर्डले ‘परस्त्री’को हिन्दी संस्करणलाई नेपाली फिल्मले पाउने सुविधासरह नै प्रदर्शन अनुमति दिने निर्णय गरेको जनाएको छ ।

गत वर्ष असोजमा मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेर ‘प्रेमगीत ३’लाई नेपाली फिल्मले पाउने सुविधासरह प्रदर्शन अनुमति दिने निर्णय गरेको थियो ।

साथै चलचित्र विकास शुल्क तिर्नु नपर्ने निर्णय पनि मन्त्रालयले गरेको थियो । मन्त्रालयको निर्देशनपछि केही प्रक्रिया पूरा गरेर प्रेमगीत ३ को हिन्दी डब नेपालमा रिलिज भएको थियो ।

नेपाली फिल्मको सुविधासरह रिलिज हुने भएपछि परस्त्री ९हिन्दी डब०ले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन । मूल्यअभिवृद्धि कर र स्थानीय करसहितको १८ प्रतिशत चाहिं तिर्नुपर्नेछ ।

हिन्दी संस्करणलाई पनि नेपालीसरह नै प्रदर्शन अनुमति दिने माग राख्दै परस्त्री निर्माता र वितरक सोमबार चलचित्र विकास बोर्डमा पुगेका थिए ।

 

प्रकाशित : 12 June, 2023

प्रतिक्रिया दिनुहोस्