केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी महिला इमर्जिङ कप : पाकिस्तानविरुद्ध नेपालले बलिङ गर्दै

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३०, एसीसी महिला टी–२० इमर्जिङ टिम्स कपमा नेपाल र पाकिस्तान खेलिरहेका छन् । हङकङको मङकङ क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेको छ ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेका दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

नेपाल रहेको समूह ए मा हङकङ, भारत र पाकिस्तानका रहेका छन् । समूह बी मा मलेसिया, युएई, बङ्गलादेश र श्रीलंका ए रहेका छन् । नेपालले दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ भने १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

प्रकाशित : 13 June, 2023

प्रतिक्रिया दिनुहोस्