केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल बैंकर्स संघद्धारा असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमाको प्रक्रिया सुरु गरेकोले मौद्रिक नीति अगाडि निक्षेपको ब्याजदर नचलाउने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिका मुद्रास्फीति ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएको केन्द्रिय बैंकले मुद्रास्फीतिका लक्षित सीमाभन्दा तल नजाने गरी नीतिगत दर पनि ७ प्रतिशत नै राखेको थियो ।

मुद्रास्फीति लक्षित सीमाभन्दा माथि नै रहेकोले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाबाट बैंकदर चलाएपनि नीतिगत दर यथावत राखेको थियो ।

आगामी आर्थिक वर्षको लागि सरकारले बजेट मार्फत मुद्रास्फीति साढे ६ प्रतिशत भित्र राख्ने लक्ष्य मौद्रिक नीतिलाई दिएको छ । सोही अनुसार मौद्रिक नीतिमा नीतिगत दरहरु तय हुन्छ । बैंकरले मौद्रिक नीतिबाट ब्याजदरको संकेत कुर्दै असारमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन् ।

 

प्रकाशित : 13 June, 2023

प्रतिक्रिया दिनुहोस्