केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खेलाडी सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, नेपाली राष्ट्रिय फुटबल टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।

सावित्राले आफू इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा आबद्ध भएको जानकारी दिएकी छिन् । क्लबले सामाजिक सञ्जाल फेसबुकमा सावित्रालाई बधाई दिँदै उनलाई अनुबन्ध गर्न पाउनु गर्वको कुरा भएको उल्लेख गरेको छ ।

सावित्राले यसअघि भारत, माल्दिभ्सका क्लबबाट खेले पनि पहिलो पटक युरोपेली क्लबबाट खेल्न लागेकी हुन् । उनले आफ्नो लामो समयदेखिको सपना पूरा हुन थालेकोमा निकै उत्साहित रहेको पनि बताएकी छिन् ।

 

 

प्रकाशित : 13 June, 2023

प्रतिक्रिया दिनुहोस्