नेप्से ३४ अङ्कले बढेर उच्च विन्दुमा

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, मंगलबार नेप्से ३४ अङ्कले बढेर साढे ३ महिना यताकै  उच्च विन्दुमा पुगेको जनाएको छ ।

करिब ५ महिना यताकै उच्च रकमको कारोबार हुँदा बजार परिसूचक पनि करिब साढे ३ महिनापछि दुई हजार अंकको विन्दुबाट माथि गएर बन्द भएको हो। यसले सेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्न लागेको जनाउ छ ।

बैंकिङ प्रणालीमा निक्षेप वद्धिको अनुपातमा कर्जाको माग न्यून भएर तरलता सहज बन्दै गएको छ । जसले बैंकहरुले निक्षेपको ब्याजदर घटउँदै लगेका छन् भने छोटो अवधिको ब्याजदरको अनुमान गर्नसक्ने ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट पनि घट्दै गएको छ ।

घट्दो ब्याजदर र तरलता सहज बन्दै जाँदा लगानीकर्ता बजार बढ्नेमा आशावादी देखिंदै सक्रिय बन्न लागेका छन् ।

 

प्रकाशित : 13 June, 2023

प्रतिक्रिया दिनुहोस्