केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेनाल्टी सुटआउटमा लेबनानलाई हराउँदै भारत फाइनलमा

सहयात्रा टिभी

काठमाडौं । असार १६, भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको दोस्रो सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो ।

भारतले पेनाल्टी सुटआउटमा लेबनानलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो। भारत र लेबनानबीचको निर्धारित समय र अतिरिक्त समयमा गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । जसमा ४ गोल भारतका खेलाडीले गर्दा लेबनानका २ खेलाडीको प्रहार मिस भएको थियो ।

८ पटकको साफ च्याम्पियन भारतले मंगलबार उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई १-० गोलले पराजित गर्दै कुवेत उपाधि नजिक पुगेको हो ।

कुवेतले थपिएको अतिरिक्त समयमा गोल गर्दै फाइनल यात्रा तय गरेको हो । खेलको १ सय ७ औं मिनेटमा अब्दुल्लाहा अमरले विजयी गोल गरेका थिए ।

प्रकाशित : 1 July, 2023

प्रतिक्रिया दिनुहोस्